राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् ।विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो समारोहमा सम्बोधनका क्रममा उनले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँच