विश्वका ३८ देश, जहाँ नेपालबाट कुनै वस्तु जाँदैन, आयात भने हुन्छ

काठमाडौं। विश्वका ३८ वटा देश, जहाँ नेपालबाट कुनै पनि वस्तु निर्यात हुँदैन, आयात भने हुन्छ। भन्सार विभागका अनुसार ती ३८ देशबाट चालु आर्थिक वर्ष २०७७÷७८को पहिलो ११ महिनामा १२ अर्ब ७९ करोड ९७ लाख ५४ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। ती देशहरुमा पराग्वे,जोर्डन,ग्वाँटेमाला,बेलारुस,दक्षिण कोरिया,बोलेभिया,बेनिन, बोन,मलावी, स्वाजील्याण्ड,कोस्टारिका,डोनेनिकन रिपब्लिक,पपुवा न्युगिनी,सर्विया, माल्दोभा,कोमोरस, मंगोलिया,ग्रेनाडा, अमेरिकन सामोआ, कजाकास्तान,सियरा लियोन,इक्वेडर,बोत्स्वाना, निकारागुवा, एल साल्भाडोर,अल्बानिया, घाना,मालीलगायत छन्।

सम्बन्धित सामग्री

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

काठमाडौं, जेठ १० । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ। स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको हो। चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म साढे २ […]

भदौमा ११ अर्बले बढ्यो वस्तु आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो ।

पछिल्लो एक महिनामा बढी आयात भएका १० वस्तु यस्ता छन्

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मूल्यका आधारमा […]

यी हुन् नेपालले साउन महिनामा सबैभन्दा बढी आयात गरेको १० वस्तु

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ । सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ । डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ । साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ ल

यी हुन् एक वर्षमा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु

९ साउन, काठमाडौं । मुलुकको ढुकुटीमा विदेशी विनिमय अभावका बीच नेपालले आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च मूल्यको माल/वस्तु आयात गरेको पाइएको छ । एक वर्षमा नेपालले कुल १९ खर्ब २० अर्बको वस्तु आयात गर्दा कुल निर्यात २ खर्ब रुपैयाँको मात्रै छ । एकै वर्षमा १७ अर्ब बढीको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख […]

१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आया...

यी हुन् सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तु

नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन । नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड

आवश्यक नभएको वस्तु आयात नगरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अनावश्यक वस्तु आयात भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेका छन् ।देखासिकीका भरमा विदेशी वस्तु मगाउने र उपयोग गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रको विकास हुन नसक्ने बताए । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक उपभोग्य वस्तु आयात […]