काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल छन् । सशस्त्र प्रहरी बलले तालिम लिन गएर अमेरिकामै लुकेको ...
स्कोरपियोको ठक्करबाट सिराहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बीओपीका प्रमुख सई नरेन्द्र चैसिरमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । पोस्टनजिकै शुक्रवार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीमाथि खुकुरी […]
रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए
रौतहट – बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका-६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा–३ तोण्डिहवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई ५० हजार रुपैयाँ अतिरिक्त (घुस) रकमसहित पक्राउ गरेको छ ।अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बिहीवार प्रेस विज्ञप्...
काठ मिल संचालनका लागि सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) र नायव निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
भ्रष्टाचारको प्रमाण नष्ट गर्न सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा योजनाबद्ध रुपमा आगो लगाएको खुलेपछि सई हुमबहादुर थापा पक्राउ परेका छन् । यसअघि सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।
काठमाडौं : सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको भन्दै प्रहरीले थप एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सइ हुमबहादुर थापालाई पक्राउ गरेको हो।
प्रहरीले केही दिन अघि मात्र सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा श्रेष्ठले अख्तियारको अनुसन्धानमा