पर्वत : पोखरा महानगरपालिकाको बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्यौटको व्यवस्था मिलाई सोको प्रगति विवरण लेखा समितिको बैठकमा पेश गर्न निर्देशन दिइएको छ।महानगर लेखा समितिको नवौँ बैठकले बेरुजुलाई सुशासनको नकारात्मक सूचकको रूपमा समेत लिइने हुँदा महानगरपालिकाको बेरुजु अत्यधिक बढ्दै गइरहेकोले र फर्छ्यौटको सुस्त रहेकाले आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्य योजना बनाई शीघ्र फर्छ्यौटको व्यवस्था मिलाउन तथा प्रगति विवरण समितिमा पेश गर्नमहानगर कार्यपालिकालाई निर्देशन दिएक