टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने...

सम्बन्धित सामग्री

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ । सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ। सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ। हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ।

सेयर किनेको रकम इसेवाबाटै ब्रोकरलाई भुक्तानी गर्न सकिने

सेयर खरिदबिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ ।यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्न थप सहज हुनेछ । हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै […]

टीएमएस कारोबारको भुक्तानी ईसेवाबाट पनि

काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुनेछ । कम्पनीका अनुसार हाल यो सेवा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ । ईसेवामार्फत रकम भुक्तानी […]

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने

टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको इसेवाले जनाएको छ । केही दिनमै बाँकी ब्रोकरहरुमा पनि सेवा उपलब्ध हुने जनाइएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर

शेयर खरिद गरेको पैसा अबदेखि इसेवा मार्फत भुक्तानी

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने ईसेवाले जनाएको छ । ईसेवाका अनुसार इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाईल मार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्ने छन्। यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्ने ईसेवाको विश्वास छ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने ईसेवाले जनाएको छ ।  लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने “ आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ”। इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

अब लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

लघुवित्त कम्पनीहरुले पनि ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज लघुवित्त कम्पनीहरुको लागि एकिकृत निर्देशन जारी गर्दै थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र (Subordinated Term Debt) जारी गर्न सक्ने ब्यबस्था गरेको हो।जस अनुसार सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न शर्तहरुको अधीनमा रही आफ्नो चुक्ता पुँजीको बढीमा २५ प्रतिशत ले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र  जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्न सक्नेछन् । (१) ऋणपत्र कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने,(२) ऋणपत्रको अवधि तोकेको हुनुपर्ने,(३) ऋणपत्रमा प्रदान गरिने वार्षिक ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि तोकिएको हुनुपर्ने,(४) ऋणपत्रको ब्याजदर परिवर्तन गर्न नपाइने र आर्जित ब्याज रकममा आयकर ऐन, २०५८ बमोजिम आयकर लाग्ने व्यवस्था गर्नुपर्ने,(५) इजाजतपत्रप्राप्त संस्था विघटन भएको अवस्थामा ऋणपत्रको भुक्तानी निक्षेपकर्ता र अन्य ऋण भन्दा पछि मात्र हुने,(६) ऋणपत्र जारी भएको मितिले ६ महिनाभित्रमा नेपाल धितोपत्र विनिमय बजारमा सूचीकृत गर्नुपर्ने,(७) ऋणपत्र निष्काशन गर्नु अघि तयार गरिने विवरणपत्र राष्ट्र बैंकको सहमति लिएर मात्र प्रकाशित गर्नुपर्ने,(८) ऋणपत्रको रकम भुक्तानी गर्न सिर्जना गरिने पुँजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve)मा भुक्तानी अवधिभर प्रत्येक वर्ष वार्षिक मुनाफाबाट समानुपातिक (Proportionate) आधारमा रकम छुट्याउनु पर्ने । तर,  ऋणपत्र निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्ष त्यस्तो भुक्तानी कोष(Redemption Reserve)  मा कुनै रकम विनियोजन नगर्न यस व्यवस्थाले बाधा पर्ने छैन ।(९) Private placement को आधारमा बिक्री गरिने ऋणपत्रको सम्बन्धमा कुनै संघ÷संस्थासँग अग्रिम कुनै सम्झौता भएको भए सो सम्झौताको प्रतिलिपि पेश गर्नुपर्ने,(१०) यदि कुनै पक्षले सो पक्षलाई छुट्याइएको ऋणपत्र खरिद  नगरेमा सो अर्काे पक्षलाई बिक्री गर्ने व्यवस्था गर्नुपर्ने,(११) ऋणपत्रमा आर्जित ब्याज लगानीकर्ताहरुलाई भुक्तानी गर्ने विषयमा विवरणपत्रको “ब्याज भुक्तानी गर्ने समय (Interest Payment Timing)  शीर्षक अन्तर्गत स्पष्ट उल्लेख गर्नुपर्ने१२) ऋणपत्र परिपक्व भई भुक्तानी गरेपछि यस बुँदाको उपबुँदा  नं ८ बमोजिम कायम गरेको भुक्तानी समायोजन कोष (Capital Redemption Reserve)मा बाँकी रहेको रकमलाई पुँजीकोष समायोजन कोषमा रकमान्तर गर्नुपर्ने । पुँजी समायोजन कोषमा जम्मा भएको रकमबाट शेयरधनीलाई बोनस सेयर मात्र जारी गर्न सकिने । त्यस्तो निवेदन उपर आवश्यक अध्ययन पश्चात् उपयुक्त ठानेमा राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने स्वीकृति दिन सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।