टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको इसेवाले जनाएको छ । केही दिनमै बाँकी ब्रोकरहरुमा पनि सेवा उपलब्ध हुने जनाइएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर