जनकपुरधाम : मधेस प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ।मधेस भवनमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट आफ्नो प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन्। समितिका सदस्यमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्र