जागिरे होइन पत्रकार बन्नुस् : अध्यक्ष झा

काठमाडौं :  राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिएका छन्।रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना गरेको अन्तरक्रियामा उनले अब पत्रकारहरू कर्मकाण्डी पत्रकारिताबाट बाहिर आउनुपर्ने बताएका हुन्।'जनताको करबाट सञ्चालित संस्थामा काम गर्ने सञ्चारकर्मीले जनताका लागि सूचना दिनुलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ', अध्यक्ष झाले भने, 'राससमा काम गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो।'

सम्बन्धित सामग्री

विश्वसनीय समाचारका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ : अध्यक्ष झा

राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले समाचारको विश्वसनीयताका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभएको छ ।

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष झा

भक्तपुर-राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरले आज  आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयको अन्तरक्रियामा उनले लोकतन्त्रको बलियो आधार सूचनाको हक भएको बताएका हुन् । नेपालका प्रत्येक सार्वजनिक निकाय सूचनाको हकप्रति गम्भीर हुन जरुरी रहेको औँल्याउँदै अध्यक्ष झाले सूचनाको […]

वरिष्ठ पत्रकार तथा राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित हुनुभएको हो । शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि …

राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

काठमाडौं । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित भएका हुन् ।

धर्मेन्द्र झा राससकाे अध्यक्षमा नियुक्त

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्काे बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।राससमा यसअघि अध्यक्ष रहेका हरिहर अधिकारीकाे चारवर्षे कार्यकाल सकिएपछि साे पद खालि रहेकाे थियाे।नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका झालाई सरकारले आज चारवर्षका लागि नियुक्त गरेकाे छ।