काठमाण्डाै – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । पूर्व बालसेनाहरूका तर्फबाट लेनिन विष्टलगायतको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो । रिटमा सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ । यसअघि रजिस्ट्रार नारायणप्रसाद पन्थीले माओवादी सशस्त्र द्वन्द्वकालका घट...