काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सरकार विस्तारको विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ।
जनता समाजवादी पार्टी नेपालको ठाकुर समूहलाई सरकारमा प्रवेश गराउँदै आफ्नो सरकार पुनर्गठन गरेका ओलीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गराएका हुन्।
रिटमा उनले सरकारमा नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक भएको दाबी…