हाल नेपालमा लागूऔषध प्रयोग गर्नेमध्ये ५ हजार जना ‘रिह्याब सेन्टर’मा उपचाररत रहेको गृह मन्त्रालयले जनाएको छ । लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना सार्वजनिक गर्दै गृहले लागूऔषध प्रयोग गर्नेमध्ये ५ हजार जना उपचाररत रहेको र १ हजार जनाले मौखिक उपचार पद्धतिबाट सेवा लिइरहेको जनाएको हो ।