अब ७७ जिल्लाका प्रशासन सहायक प्रमुख लागूऔषध नियन्त्रण अधिकारी हुने भएका छन् ।
गृह मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुखको नेतृत्वमा ७७ जिल्लाका सहायक सीडीओलाई अधिकारी तोकिएको हो ।
पछिल्लो समय लागूऔषध कारोवार र सेवन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।