विद्युत लाइन काट्ने प्रकरणमा प्राधिकरणलाई निजीक्षेत्रको सुझाव– न्यायोचित निकास निकालौं

वीरगञ्ज । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने उद्योगको लाइन धमाधम काट्न थालेपछि यसको ‘न्यायोचित निकास निकाल्नुपर्ने’ निजीक्षेत्रले बताएको छ । देशकै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर वीरगञ्जका उद्यमीहरूले यस्तो बताएका हुन् ।  औद्योगिक ग्राहकले विद्युत् खपत गरेको महशुल तिर्नुपर्नेमा कुनै प्रकारको विवाद नरहे पनि महशुल असुल्ने नाममा डेडिकेटेड र ट्रक लाइन माग नै नगरेका र सहुलियत उपभोग नगरेका उद्योगको लाइन काटेर अन्याय गर्न नहुने उनीहरूको आग्रह छ ।  प्राधिकरणले ६३ उद्योगले २१ अर्ब ८७ करोड रुपैयाँ महशुल तिर्न बाँकी रहेकाले लाइन काट्ने अभियान थालिएको र शुरूमा बढी रकम बक्यौता राख्नेको विद्युत् आपूर्ति काटिएको बताएको छ । अहिलेसम्म ९ ओटा ठूला उद्योगका लाइन काटिएको प्राधिकरणले बताएको छ ।   लोडसेडिङको समयमा प्राधिकरणसँग २० घण्टाभन्दा बढी समय विद्युत् उपभोगका लागि सम्झौता गरेका ग्राहकसँग रकम असुल्नु स्वाभाविक भए पनि माग नै नगरेका र मुलुकमा लोडशेडिङ अन्त्य भइसकेपछिको आपूर्तिमा यो महशुल असुल्नु अन्याय हुने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल बताउँछन् । प्राधिकरणले सबै उद्योगलाई एउटै डालोमा हालेर लाइन काट्नु उचित नहुने अध्यक्ष अग्रवालको तर्क छ । ‘प्राधिकरणले पहिला ती उद्योगले त्यस्तो सहुलियत मागेको र लोडशेडिङको समयमा खपतको प्रमाण सार्वजनिक गर्नु पर्दछ,’ उनले भने ।  उद्योग व्यापार क्षेत्र आर्थिक मन्दीले संकटमा फसेको समयमा प्राधिकरणले पारदर्शी तरिकाले महशुल असुल्ने नीति लिनुपर्ने माग उद्योगीहरूको छ । कतिले डेडिकेटेड र ट्रंक सुविधा नै नमागेको, तर प्राधिकरणले जबर्जस्ती बिल पठाएको भन्दै प्रमाण देखाउन चुनौती दिएका छन् ।  प्राधिकरणले त्यस्ता उद्योगले लोडशेडिङको समयमा विद्युत् खपत गरेको प्रमाण देखाउने हो भने प्राधिकरणप्रति नै आम विश्वास बलियो भएर जाने उद्योगीहरू बताउँछन् । प्राधिकरणले लोडशेडिङ अन्त्यपछि आपूर्ति लिएका ग्राहकलाई पनि २ वर्षसम्म प्रिमियम दरमा बिल पठाएको भेटिएको छ । २०७५ जेठमा लोडशेडिङ अन्त्य भएको थियो । तर, प्राधिकरणले विद्युत् महशुल संकलन विनियमावली २०७७ असारमा संशोधन गरेको थियो ।  विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन खारेज गरेर सामान्य महशुल दर नतोक्दासम्म प्राधिकरणले प्रिमियम महशुल भन्दै सामान्यको तुलनामा ६५ प्रतिशत महँगो महशुलको बिल पठाएको थियो ।  लोडशेडिङ अन्य भइसकेपछि नर्मल लाइनबाट आपूर्ति माग गरेर पनि प्रिमियम दरको बिल थमाइएका ग्राहकले यस्तो रकम नतिर्ने अडान लिनु अस्वाभाविक नभएको संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । यो विवादको निकास समान्य भए पनि सरकार, प्राधिकरण र केही खराब नियतका उद्योगीको बद्नियतका कारण कचल्टिएको बुझाइ आम उद्योगीको छ ।  अहिले पनि यो समस्यालाई सहजरूपमा समाधान गर्न सकिने दाबी संघका उपाध्यक्ष माधव राजपालको छ । लोडशेडिङको समयमा प्राधिकरणसँग सम्झौता गरेर खपत गरेका वा सम्झौता नगरे पनि लोडशेडिङमा उद्योग चलाएका उद्योगीसँग असुल गर्नु पर्दछ । तर, यस्तो सहुलियत उपयोग नगरेका र लोडशेडिङ हटिसकेपछि आपूर्ति लिएका ग्राहकको लाइन काट्नु अन्याय हुन्छ,’ उपाध्यक्ष राजपालको भनाइ छ ।  आर्थिक मन्दीका कारण उद्योग थाला परेको अवस्थामा महशुल तिर्ने उपयुक्त तरिका निकाल्नुपर्ने अध्यक्ष अग्रवाल बताउँछन् । ‘उद्योगको लाइन काटेर धमाधम उद्योग बन्द गराएर मात्र समस्याको निकास हुँदैन । यसमा प्राधिकरण र उद्योगीबीच आपसी समझदारीमा निकासको बाटो पहिल्याउनु उचित हुन्छ,’ उनको सुझाव छ । के हो डेडिकेटेड र ट्रक लाइनको लफडा ? दैनिक १६ घण्टासम्म लोडशेडिङको समयमा माथिल्लो भोल्टेज (६६ केभीभन्दा माथि) बाट विद्युत् आपूर्ति लिएका औद्योगिक ग्राहकको लाइन काट्ने प्राविधिक क्षमता प्राधिकरणसँग थिएन । त्यस्ता उद्योगले आफ्नै सबस्टेसन बनाएर आपूर्ति लिएकाले लोडशेडिङ पालन गर्ने कि नगर्ने उद्योगीकै हातमा थियो ।  केही उद्योगले प्राधिकरणकै कर्मचारीको मिलेमतोमा लोडशेडिङ पालन नगरेको पत्ता लागेपछि प्राधिकरणले माथिल्लो भोल्टेजलाई ‘डेडिकेटेड र ट्रंक’ भन्दै नियमित आपूर्ति लिन चाहाने उद्योगलाई २०७० सालमा आवदेन माग गरेको थियो ।  तर, यस्तो आपूर्तिको महशुल निर्धारण २०७३ मा ल्याइएको विद्युत् महशुल संकलन विनियमावलीले गरेको हो । प्राधिकरणले माथिल्लो भोल्टेजबाट आपूर्ति लिएका सबै ग्राहकले दैनिक २० घण्टाभन्दा बढी विद्युत् खपत गरेको भन्दै चर्को महशुल लगाएर बिल पठाएपछि विवाद शुरू भएको हो । यो विवाद अदालतसम्म पुगेको थियो । प्राधिकरणले २०७५ जेठदेखि लोडशेडिङ अन्त्य घोषणा गरे पनि विनियमावली संशोधनमा २ वर्ष समय लगायो । विनियमावलीमा सामान्य महशुल दर भए पनि संशोधनअघिसम्म प्रिमियम महशुलको बिल काटेको थियो ।  लोडशेडिङ अन्त्य भइसकेपछि आपूर्ति लिएका ग्राहकलाई समेत प्रिमियम महशुल लगाएर बिल आए पनि उद्योगीले सामान्य दरले महशुल तिर्दै आएका छन् । यस्ता उद्योगको महशुल पनि बक्यौता देखिएको छ । 

सम्बन्धित सामग्री

विद्युत् महसुल नतिर्ने ६०० ग्राहकको विद्युत लाइन काटिने

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो।

बैतडीका छ सय ग्राहकको विद्युत्को लाइन काट्दै प्राधिकरण

विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।

बैतडीका ६ सय ग्राहकको विद्युत्‌को लाइन काटिँदै

बैतडी- विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० ला...

बैतडीका ६ सय ग्राहकको विद्युत्‌को लाइन काटिँदै

बैतडी- विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० ला...

६ सय ग्राहकको विद्युतको लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख […]

विद्युत् महसुल नतिरेको भन्दै बैतडीका ६ सय ग्राहकको लाइन काट्दै प्राधिकरण

विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुसार विद्युत् महसुलबापतको ८० लाख...

ट्रंकलाइन महसुल नतिरे पनि विजुली काटिन्न : गृहमन्त्री

२१ फागुन, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा ट्रंकलाइन महसुल नतिरेका उद्योगको पनि विद्युत लाइन नकाटिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल नतिरेका उद्योगको विद्युत लाइन काट्ने जानकारी गराएपछि उद्योगीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दा अहिले विचाराधीन छ । शनिबार रुपन्देहीको सिद्धार्थनगर उद्योग वाणिज्य संघको ६३औं वार्षिक साधारण सभा […]

राष्ट्रपति, मन्त्री क्वार्टरको विद्युत् लाइन काट्ने उर्जामन्त्री शाहीको चेतावनी

उर्जामन्त्री महेन्द्रबहादुर शाही १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जोकोहीलाई नछोड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री क्वार्टर र कार्यालयहरुको विद्युत लाइन काटिने चेतावनी दिए ।

६० दिनसम्म महशुल नबुझाए बिना सूचना विद्युतको लाइन काटिने

मिटर रिडिङ भएको ६० औं दिनसम्म विद्युत महसुल नबुझाए नेपाल विद्युत प्रधिकरणले बिना सूचना विद्युत लाइन काट्ने भएको छ। विद्युत महशुल विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महशुल बुझाउनुपर्ने भए पनि केही ग्राहकले यसलाई बेवास्ता गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अबको १५ दिन भित्र बाँकी महशुल…