साझा सेवाले सञ्चालनमा ल्यायो इन्धन बोक्ने ५ थान ट्याङ्कर

साझा सेवाले सञ्चालनमा ल्यायो इन्धन बोक्ने ५ थान ट्याङ्कर: RajdhaniDaily.com | काठमाडौँ । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र - साझा सेवाले सञ्चालनमा ल्यायो इन्धन बोक्ने ५ थान ट्याङ्कर

सम्बन्धित सामग्री

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा १९ जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ । विस्फाेटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुनुको कारण खुलेको छैन । विस्फाेटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको...

ढुवानी भाडा नबढेपछि २ दिनदेखि इन्धन लिन व्यवसायीले ट्याङ्कर भारत पठाउनै छाडे

काठमाडौँ । ढुवानी भाडा बढाउन माग गरेका ट्याङ्कर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्याङ्कर भारत पठाउनै छाडे अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्था विपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका छन् । आर्थिक सङ्कटमा रहेको नेपाल आयल निगमले ढुवानी भाडा वृद्धि गर्नुपर्ने उनीहरूको माग छ । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भाडा वृद्धि नभए […]

२० हजार लिटर डिजेल बोकेको ट्याङ्कर तनहुँमा दुर्घटना

काठमाडौँ । बाराको अमलेखगन्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्याङ्कर तनहुँमा दुर्घटना भएको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगन्जबाट छुटेको ट्याङ्कर तनहुँको बन्दीपुर गाउँपालिका नयाँ बस्तीमा मङ्गलवार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ । सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको […]

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन् । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिए ।  उनका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र

सिएरालियोनमा इन्धन ट्याङ्कर विष्फोट, कम्तिमा ८४ जनाको मृत्यु

फ्रिटाउन– अफ्रिकी मुलुक सिएरालियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्याङ्कर विष्फोट हुँदा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनडीएमएका सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार विस्फोटमा कयौं मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ । बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा […]

लेबनानमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गयो

काठमाण्डाै - लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ । ट्याङ्कर विस्फाेटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ ।  लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फाेटको जिम्मेवारी लिनुपर्ने बताउनु भएक...

इन्धन भर्न लामबद्ध ट्याङ्कर

नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा इन्धन भर्न लामबद्ध ट्याङ्कर । तस्वीर, रासस

साझा सेवाका पाँच थान ट्याङ्कर सञ्चालनमा

साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको थियो । करीब रु दुई करोड ५० लाखका लागतमा खरीद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ ।  काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको छ ।   &nbs...