इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन् । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र