०७९ मा अपराध : सामूहिक हत्यादेखि आत्मदाहसम्मका घटना
घटना १ : सौन्दर्य प्रतियोगिताका नाममा शोषण
गत जेठको पहिलो साता सामाजिक सञ्जालमा ‘भाइरल’ एक युवतीको भिडियो सार्वजनिक भयो । जसमा युवती सौन्दर्य प्रतियोगिताका आयोजकबाट पटक–पटक बलात्कृत भएको खुलासा गरिएको थियो । उनले...
बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधिकरण गठन गर्नुभएको थियो ।
काठमाडौंको तीनकुने स्थित सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’ गरिएको छ।
एकपछि अर्को सनसनीपूर्ण बयान दिन थालेपछि उनको ब्रेन म्यापिङ गरिएको हो। नेपालमा अपराध अनुुसन्धानमा पहिलो ...
१९ असोज, काठमाडौं । दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए । […]
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक...
काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनकोकुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै सम्...
सङ्खुवासभाको मादी–१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको बताइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको घटनास्थलमा अनुसन्धानमा परिचालित सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
सो हत्याकाण्डको अनुसन्धानमा अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोली सहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली सहित करिब ३५ जना परिचालित रहेको पनि प्रहरी उपरीक्षक दाहालले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका जघन्य अपराध भएको कारणले फराकिलो रुपमा अनुसन्धान गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गरेर ठुलै अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएको छ ।