सङ्खुवासभा हत्या प्रकरणः अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख

सङ्खुवासभाको मादी–१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको बताइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको घटनास्थलमा अनुसन्धानमा परिचालित  सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।   सो हत्याकाण्डको अनुसन्धानमा अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोली सहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली सहित करिब ३५ जना परिचालित रहेको पनि प्रहरी उपरीक्षक दाहालले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका जघन्य अपराध भएको कारणले फराकिलो रुपमा अनुसन्धान गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गरेर ठुलै अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सङ्खुवासभा हत्या प्रकरण : शङ्कास्पद व्यक्तिको डीएनए परीक्षण गरिँदै

सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको    सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही  व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।   गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई   कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले   अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र  अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण  प्रक्रिया सुरु गरेको हो ।    &n

सङ्खुवासभा हत्या प्रकरण : घरमा सुन र ४ लाख ७१ हजार नगद भेटियो

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘लुटेरा समूहले हत्या गरेको’ आशङ्कामा पनि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, लुट्ने उद्देश्यबाट हत्या नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीको घरमा सुन र नगद भेटिएपछि लुट्ने उद्देश्यले हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ । घरमा ४ लाख ७१ हजार नगद तथा सुनका गहना ‘मारवाडी, नौगेडी’ फेला परेको अ

सङ्खुवासभा हत्या प्रकरण : ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने

काठमाडौँ। सङ्खुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको हो । प्रहरीले सबै शव पोस्टमार्टमका लागि पठाउँदै छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ […]