विराटनगर : प्रदेश १ सरकारको पहिलो बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।बैठकले प्रशासनिक सुधार, शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधार गर्न प्रमुख सचिवको नेतृत्वमा सुधार समिति, मन्त्रालय संरचना घटाउनेलगायत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।