वडास्तरका योजना बोकेर गाउँ छिर्दै सांसद

२२ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको धेरै विवादित कार्यक्रम हो, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्य वाचन गर्ने क्रममा यो कार्यक्रमबारे जानकारी गराउँदा सांसदहरुको ताली पाएका थिए । तर, सार्वजनिक रुपमा भने प्रत्येक सांसदलाई ५ करोडका दरले रकम छुट्याउने कार्यको आलोचना सुरु भएको […]

सम्बन्धित सामग्री

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

बौसान, युनान (चीन) । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ । एकै खालका हजारौँ आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती आँपका बोटको रेखदेखका लागि निरन्तर रुपमा मानिसहरु खटिएका छन् । रोगव्याधी लाग्न नदिन उत्तिकै सचेतना अपनाइएको छ । कामदारलाई ‘सिफ्ट’ प्रणालीमा खटाइएको छ । विभिन्न प्रजातिका आँपले क्रमशः उत्पादन दिने र अर्थतन्त्रमा ठूलो योगदान गर्ने विश्वास पनि उत्तिकै छ । यस किसिमको आधुनिक फलफूल खेती भएको ठाउँ हो कुनै बेलाको गरिब भनेर चिनिएको चीनको युनान प्रान्तको बौसान नगरपालिकास्थित छिङवाङ ड्रागन फ्रुट प्लान्टिङ बेस । यो स्थान कुनै बेला रातो माटोको गाउँ भएकाले खेती नहुने र तथा गरिबहरु बस्ने स्थानका रुपमा परिचित थियो । पछिल्लो दिनमा सो क्षेत्रको रुप फेरिएको छ । चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ । कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ । मानिसहरुको आर्थिक स्थितिमा सुधार भएको छ भने विश्व समुदायका लागि एक अध्ययन स्थलका रुपमा समेत परिचित भएको छ । स्थानीय सरकारले एकीकृत खेती प्रणाली अपनाएको छ । त्यसमा पनि जैविक खेती प्रणालीलाई व्यवहारमा लागू गरेको छ । उम्रेका झारपातलाई मल बनाइएको छ । परम्परागत र आधुनिक दुवै प्रणालीलाई मिश्रण गरिएको खेती प्रणालीले मानिसको जीवनस्तरमा सुधार गरेको छभने आर्थिक उन्नयनको मार्गचित्रमा गुणात्मक फड्को मारिएको छ । बारीका प्रत्येक गह्रामा पुग्नका लागि बाटो बनाइएको छ । सोही बाटोबाट हरेक बोटसम्म मल, कीटनाशक औधषि तथा अन्य सामग्री सहजै पुर्‍याइन्छ । हरेक मानिसले तोकिएको जिम्मेवारी पूरा गर्छन् । काम गर्ने, त्यसको अनुमगन तथा निरीक्षणका लागि फरक फरक मानिस खटिएका छन् । आधुनिक कृषि प्रणालीले ल्याएको परिवर्तन आफैँमा लोभलाग्दो छ । उत्पादित कृषि उपज बिक्रीका लागि बौसानदेखि खुनमिङका डिपार्टमेन्टलहरुमा सोझै लगिन्छ । बीचमा बसेर कमिसन खाने कुनै विचौलिया छैनन् । खेती प्रणाली व्यवस्थापनको काम स्थानीय पार्टी समिति मातहत रहेको सहकारीले गर्दछ ।  आधुनिक खेती प्रणालीलाई पर्यटनसँग पनि जोडिएका छ । देशभित्रका हजारौं मानिस दैनिकजसो नै त्यस क्षेत्रमा भएको खेती हेर्न आउने गरेका छन् । छिङवाङडार्गन फ्रुट अफ सबट्रपिकलक्यास क्रप्स अफ युनान एकेडेमी अफ युनान एग्रिकल्चर साइन्सलाई हेर्दै आएका स्थानीय पार्टी समितिको डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामीले कृषिलाई प्रविधिसँग, प्रविधिमार्फत बजारसँग र बजारलाई सहजरुपमा उपभोक्तासँग जोडेका छौँ । यसले स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक उन्नयनको क्षेत्रमा ठूलो योगदान गरेको छ ।' हरेक दिन खेतबारीमा के काम गर्ने, किसानलाई के कसरी परिचालन गर्ने, कुन बाली टिप्ने बेला भयो, कुन बालीमा मल पानी लगाउने बेला भयो भन्ने बारेमा स्पष्टसँग कार्यतालिका बनाइएको छ । कसले के गर्ने हो त्यसको व्यवस्था गरिएको छ । सँगसँगै प्राविधिक पनि खटाइएका छन् । कीटनाशक औषधि कसरी राख्नेदेखि सबै काम प्राविधिकले गर्छन् । साथमा वैज्ञानिक पनि छन् । उनीहरुले हरेक उपजको अध्ययन गर्छन् । माटोको गुणस्तरदेखि सिँचाइसम्मको ख्याल गर्छन् । कहीँ कतै पनि जमिन खाली छैन । कोही पनि बेरोजगार छैनन् । सबै स्थानमा बाली लगाइएको छ । सडकको दाँयाबायाँ कतै केरा रोपिएको छ भने कतै कफी रोपिएको छ । सुन्तला, आँपका बिरुवा पनि छन् । कतै ड्राग्रन फ्रुट पनि लगाइएको छ । यसले खेतीमा विविधता पनि दिएको छ । उत्पादनमा विविधताका साथै आम्दानीमा पनि उत्तिकै फरकपन छ । डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'गरिबी निवारणको यो ढाँचा साँच्चै चिनियाँ विशेषतामा आधारित छ । हाम्रा पार्टीका महासचिव सि जिन पिङले अगाडि सार्नुभएको नीतिको हामीले अक्षरशः कार्यान्वयन गरेका छौँ । यसले हामीलाई मार्गदर्शन मात्रै गरेको छैन, अरुहरुका लागि पनि प्रेरणाको स्रोत बन्न पाएका छौँ ।' बौसान सहर नजिकै रहेको लुजिङवाङमा भेट्टिएका डेपुटी पार्टी सेक्रेटरी चेन जीका अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने मामिलामा कोहीभन्दा कोही पनि कम नभएको बताए । उनको फार्ममा फल्दै गरेको कफी मेहनतको अर्को उदाहरण हो । विशाल टनेलभित्र फल्दै गरेका कफीले आधुनिक चीनको आधुनिक कृषि प्रणालीको अर्को नमूना पेस गरेको थियो । उनले भने, 'चीनमा यस्ता धेरै कफी फार्महरु छन् । त्यसमध्ये सबैभन्दा गुणस्तरीय र स्वादिलो कफी हामी उत्पादन गर्छौं । स्थानीय माग पूरा गरेर बाहिरी सहरमा समेत यहाँको कफी बिक्री हुने गरेको छ ।' सोही फार्ममा कफी वैज्ञानिकका रुपमा कार्यरत हुङजी छिङले पाक्दै गरेको कफी देखाउँदै भने, 'हरेक कफीका बोट मेरा छोराछोरी जस्तै छन् । हरेकलाई हुर्काउन मैले उत्तिकै मेहनत गरेको छु । यसको मल, पानीको पनि उत्तिकै ख्याल गरेको छु । यिनका हरेक दाना मलाई उत्तिकै प्रिय लाग्छन् । यसले युनान प्रान्तको शान र नाम दुवै राखेको छ । मेरो कामको समेत सम्मान गरेको छ ।' उनले आफ्नै चिनियाँ लवजमा कृषि प्रणालीमा भित्र्याइएको आधुनिक पद्धतिले बदलेको चित्र र चरित्र उत्तिकै प्रभावकारी रहेको बताए । वैज्ञानिक तरिकाले गरिएका हरेक खेतीका आ–आफ्नै विशेषता छन् । जुन नेपाल र हामी नेपालीका लागि पनि उत्तिकै अनुकरणीय हुन सक्ने नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । यही नोभेम्बरको ७ देखि १४ तारिखसम्म चीनको युनान प्रान्तको भ्रमणमा रहेका केसीले असाध्यै चासोका साथ अत्याधुनिक कृषि प्रणाली र खेतीको समेत निरीक्षण गरे । दक्षिण एसियाका पार्टीहरुको सम्मेलनमा भाग लिन युनान पुगेका सांसद केसीले यस समाचारदातासँग भने, 'रोजगारीको खोजीमा देश छाडेर विदेशिएका युवालाई यस्तै आधुनिक कृषि प्रणालीको प्रबन्ध गरेर देश फर्काउने उपायको खोजी गर्न सकिए नेपालले पनि ठूलो प्रगति गर्न सक्छ । हामी पनि त्यसतर्फ लाग्नै पर्छ ।' थुमुक्क परेका आँपका बोट, त्यसैको डिलमा फल्दै गरेका केरा, अनि साथमा ड्रागन फ्रुट । खेतीको विविधता अनि ठूलो सङ्ख्यामा गरिएको खेतीले आधुनिक चीन र त्यसको बदलिदो तस्बिर देखाइरहेको छ । कुनै बेलाको गरिब मानिएको युनान प्रान्तले बदलेको तस्बिर आफैँमा नेपालजस्ता देशका लागि अनुकरणीय बनेको छ । हामीले सिकेको ज्ञान सीप अरूलाई पनि बाड्न चाहन्छौँ, डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामी अरूलाई पनि हाम्रो सफलताको कथा सुनाउन चाहन्छौँ । किनकि ज्ञान अरूलाई बाँड्दा फाइदा हुन्छ भन्ने मान्यता हामी राख्छौँ ।' चीनले पछिल्लो समय गरिरहेको कृषि उपजको विस्तार आफैँमा उदाहरणीय रहेको छ । तीव्र रुपमा आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको चीनले आफ्नो परम्परागत कृषि पेसालाई पूर्णतः आधुनिक बनाएको छ । बाओसानको दक्षिणतर्फ बग्ने नुचियाङ नदी किनार क्षेत्रका विशाल फाँटहरु हराभरा छन् । जहाँ किसानको मेहनतका अलावा राज्यले कृषि क्षेत्रलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देख्न पाइन्छ । जहाँ कहीँ कतै पनि खाली जमिन भेटन मुस्किल छ । जताततै कृषि उपजले भरेको छ । जहाँ मकै, फलफूलदेखि अनेकन कफीको खेती गरिएको छ । राकिला सम्म फाँटदेखि भिराला पठारसमेत कृषि उपजले भरिएका छन् । अत्याधुनिक भौतिक पूर्वाधार सडक तथा सुरुङहरुका अलावा हिमाली क्षेत्रमा समेत चीनको भव्यता सहजै देख्न सकिन्छ । चीन खाद्यान्नमा आत्मनिर्भर मात्रै भएको छैन । आफूलाई बढी भएको कृषि उपज अन्य देशमा निर्यात पनि गरिरहेको छ । समथर फाँटमा फलेका सागसब्जी र कफीलगायत उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र दक्षिण अमेरिकासमेत पुग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय पार्टी समिति, स्थानीय सरकारले कृषिकर्म गर्नेलाई अनेकन सहुलियत दिएको छ । खेतीमा सकेसम्म विषादी कम मात्रै प्रयोग गरिएको छ । सरकारको सहुलियत पनि उत्तिकै छ । कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्व बजारसम्म पु्र्‍याउने सुनिश्चितता गरिएका कारण युनान प्रान्तका हरेक ग्रामीण बस्ती यतिबेला शतप्रतिशत हराभरा छन् । ठूला सडकका दायाँबायाँ खेतीले भरिएका छन् । जमिनको शत्प्रतिशत उपयोगमा ध्यान दिएको चीनले सिँचाइको प्रबन्ध पनि उत्तिकै राम्ररी गरेको छ । सहजरुपमा सिँचाइ नपुग्ने स्थानमा सौर्य सिँचाइ प्रणाली तथा अन्य उत्तम विकल्पसमेत उपलब्ध गराएको छ । स्थानीय बौसान नगरपालिकाले सन् २०१६ देखि नै बौसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ । कफी बगैँचालाई नै पर्यटनको केन्द्रसमेत बनाइएको छ । त्यहाँ अनेकन सुविधासमेत प्रदान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले १९औँ र २०औँ राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनःजागरण गर्नका लागि विभिन्न योजना अगाडि सार्नुभयो । सोही योजनाको वस्तुनिष्ठ कार्यान्वयन भएको र हरेक गाउँहरु क्रमशः समृद्ध र आर्थिक रुपमा सबल बन्दै गएका छन् । सोही योजनाअनुसार नै सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएका छ । गाउँ समृद्ध र सबल बनेको छ । औद्योगिकीकरण हुँदै गएको गाउँमा कफी खेती विशेष प्राथमिकतामा राखिएको छ । युवा गाउँमा छन्, वैज्ञानिक पनि साथमा छन् । नियमित प्रशिक्षण र तालिम पनि गरिन्छ । यसले आधुनिक चीन गाउँहरुबाट जन्मिइरहेको छ । युवा विदेश पलायन भइरहेको नेपालका लागि चीनको यो उदाहरण आफैँमा अनुकरणीय हुन सक्छ । रमेश लम्साल / रासस

चुनावको मुखमा योजना बोकेर गाउँ छिरे प्रदेश सांसद

चुनाव नजिकिएको बेला प्रत्यक्ष र समानुपातिक सांसदहरुका ‘तजबिजका योजना’मा खर्च गर्न प्रदेश सरकारहरुले धमाधम बजेट निकासा गरिरहेका छन् । बजेट स्थानीय तहमा खर्च हुने हो । तर योजना छनोट र कार्यान्वयनमा भने प्रदेश सांसदहरु हावी छन् ।

‘एमालेलाई बन्दी बनाउने योजना सफल हुँदैन ’

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा  एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।उनले एमालेलाई बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । नगरपालिकाका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार

चार जिल्लाका ५५ ओटा सडक योजना कटौती

असोज ७, गलकोट । बागलुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोड्ने  सडक तीन वर्षमा कालोपत्र गर्ने तयारी थालिएको थियो ।  विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सकेर बोलपत्र प्रक्रियाको अनुमति लिन मात्रै बाँकी रहेको सो सडक खण्डकोे बजेट अहिले कटौती भएको छ ।  जंगल क्षेत्र नभएको केही स्थानमा पक्की नाली र आठ मिटर चौडा गरी सिगानाको बौडचौरसम्मको १० किलोमिटर सडक रू. ४० लाखमा कालोपत्र गर्ने गरी डिभिजन सडक कार्यालय बागलुङले तयारी थालेको थियो ।    उक्त सडकसँगै पछिल्लो समय बागलुङ क्षेत्र नं १ का मात्रै १७ सडकको योजना र बजेट कटौती भएको बताइएको छ  । प्रतिस्थापन बजेट आएसँगै धौलागिरिका चार जिल्लाका ५५ सडक कटौती भएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । उक्त सडकमध्ये केही निर्माणका चरणमा प्रवेश गरिसकेका समेत थिए । यस क्षेत्रका स्थानीयवासी वजेट कटौती गरेपछि निराश बनेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए । ‘अहिले सडक र बजेट दबै कटौती भयो, नयाँ योजना र नयाँ नीति त आउला तर विकासमा भने केही वर्षपछि पर्ने भयो’, उनले भने, ‘राजनीतिक दलको सरकार परिवर्तन भए पनि विकासे काम भने निरन्तर हुनुपर्ने थियो, यो दुर्भाग्य भयो, सरकार  परिवर्तनसँगै विकास निर्माण प्रभावित हुनु हुँदैन ।’ बागलुङे जनताका लागि निरन्तररूपमा पहलकदमी गरी १७ सडक छनोटमा पारेर केही परिणामसमेत दिइसकेको अवस्थामा सडक कटौती भएको बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले बताए । ‘राजनीति परिवर्तनशील छ, सरकारसमेत स्थिर नभएको अवस्था त छँदै थियो तर विकासे योजना जुन रातो किताबमा समावेश भएका बहुवर्षे योजना थिए, ती निरन्तर हुनुपर्दथ्यो’, उनले भने, ‘हामीले उक्त सडक निकै सोच, विचार र नागरिकको जीवनस्तर उकास्नेसँग जोडिएका थिए, तर अहिले कटौती भएको छ, पुनः योजना त आउला तर विकास निर्माण पछि धकेलियो ।’ क्षेत्र नं १ अन्तर्गत संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा सूचीकृत बागलुङ–मालढुंगा बलेवा–कुश्मीसेरा सडक (बरेङ–गुल्मी–शान्तिपुर), बागलुङ बजार सिगाना चापाखर्क गौजाको दह बरेङ सडक, मालढुंगा पैयापटा लहरेबर अमलाचौर हुँदै कुश्मीसेरा सडक, भीमापोखरा अक्षेतेबाट सलाम मलठाना सिम म्याग्दी जोड्ने पयर्टकीय सडक हटाइएको छ ।  यस्तै मालढुंगा–बलेवा– कुश्मीशेरा–वरेङ–शान्तिपर गुल्मी सडक, खरज्यनङ दरबार गौडाकोट जुभुङ मुजुवा शान्तिपुर हुग्दीशिर बागलुङ,  गलुवा, द्वार भकुण्डे डोठे ताल, रामतोला रायडाँडा फेदी कुश्मीशेरा जैमिनी, सडक, भैरवस्थान कामीचौतारा सतिपोखरा ढकालथोक सम्माचौर करिडोर सडक, काठेखोला गाँउपालिका भीमपोखरा सिम सायकोट ओखले हुँदै म्याग्दी भकिम्ली कालोपत्र गर्ने सडक, काठेखोला भीम पोखरा सिम सायकटेरा खोख्ले भकिम्ली सडक, भाङ्गी तारीखेत पुरानो गाउँ गहुँखेत सडक, कालीगण्डकी करिडोर भुनेवा वडा कार्यालय भड्कुवा खोलाखानी मोटरबाटो, बुकेनी मनकामना दिहिडाँडा गैडाफाँट सिम्स्वारा बोडेचौर सडक, बाग्लुङ मालढुंगा गणेश घुम्ती म्याग्दी जोड्ने सडक, बडारचौर ढाडेनी सडक, बागलुङ तित्याङ निफन्नी भकुण्डे भ्यूटावर रायडाँडा सडक सिमलपाटाबाट निफन्नीसम्म स्तरोन्नतिलगायतका सडक कटौती गरिएको छ ।  साविक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका सडक हेर्दै आएको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेन्द्र गौतमले यस कार्यालयअन्तर्गतका ५५ सडक कटौती भएको बताए । ‘अहिलेलाई सडक कटौती भएको मात्रै अवगत भयो, पुनः के व्यवस्था आउँछ अहिले भन्न सकिन्न’, उनले भने, ‘साना सडक आयोजना स्थानीय तहमार्फत सम्पन्न गर्नका लागि कटौती भएको होला, सडकले ठूला आयोजना मात्रै हेर्ने नीति आएर हो के कारणले अब केही दिनमा जानकारी होला ।’ रासस

गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडीमा तोडफोड गर्नेमाथि कारबाही गर्न माग

बागलुङ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेश सांसद एवम् प्रदेश मामिला सभापति कृष्ण थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । राजमो बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापाले एक विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाका परिषद सदस्यसमेत रहेका थापा चढेको ग१झ३७१ नम्बरको गाडी पुस १७ गते योजना अनुगमनका क्रममा बरेङ गाउँपालिकाको साग्दीमा राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति पुर्याइएको थियो । राजमो बरेङ गाउँपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एवम् गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा यस बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा यसै गाउँ पालिकाको वडा न. ५ सुखौरा देखी वडा न. ४ सल्यान हुँदै वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग१ झ३७१ न. को गाडी राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षतिग्रस्त गराएको घटना प्रति राजमो बरेङ गाउँ समिति खेद तथा निन्दा प्रकट गर्दै अपराधिक गतिविधिमा संलग्न समूह वा व्यक्तिको अनुसन्धान गरि तत्काल कानुनी कार्वाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’ त्यस्तै, राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले पनि सांसद थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । राजमो जैमिनी नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छः ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एबम गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा बरेङ गाउँपालिका वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग.१ झ.३७१ न.को गाडी राती पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति ग्रष्त गराएको घटना प्रति रा.ज.मो. जैमिनी नगर समिति खेद तथा निन्दा ...

योजना छनोट गर्न सांसद गाउँ गाउँमा

सुरेशकुमार यादव काठमाडौँ, चैत २५ गते । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव...