आजदेखि उपत्यकामा भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक

काठमाडौँ । गृहमन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड –१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो । सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने लगाएतका व्यवस्थाहरु कार्यान्वयनका लागि […] The post आजदेखि उपत्यकामा भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो । त्यति बेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना सङ्क्रमण बढ्दै गएकाले प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक […]

कोभिड महामारीपछि सबैभन्दा सुरक्षित विश्वका तीन सहर

आधुनिक इतिहासमा सम्झना भएसम्म कोभिड-१९ ले जति सहरिया जीवनलाई अरू थोकले प्रभाव पारेको छैन। सहरमा रहेका कार्यालयको बन्दाबन्दी र रेस्टुराँमा लगाइएका प्रतिबन्धदेखि महामारीलाई लिएर अपनाइएका अनिवार्य मास्क लगाउने जस्ता सावधानीका व्यवस्था दीर्घकालसम्म रहने सम्भावना छ। सन् १९२० को सुरुवातमा स्पेनिस फ्लू देखा पर्दा १४ प्रतिशत मानिसहरू मात्रै सहरमा बस्थे तर अहिले उक्त जनसङ्ख्या बढेर ५७ प्रतिशत पुगेको छ। त्यसको परिणामस्वरूप आफ्नो जनसङ्ख्याको रक्षा गर्न सहरहरू स्वास्थ्य र सम्पूर्ण सुरक्षामा अझ चनाखो बन्नुपरेको छ।हालै इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सुरक्षित सहरबारेको इन्डेक्स तयार पारेको छ जसले ६० वटा सहरहरूलाई पूर्वाधार, प्रविधिमैत्री जीवन, व्यक्तिगत सुरक्षा, वातावरणीय प्रभाव र स्वास्थ्यका मापदण्डका आधारमा मूल्याङ्कन गरेको छ। त्यसमा सबैभन्दा बढी सुरक्षित ठहरिएका तीन सहरका महामारीपछि कस्ता परिवर्तनहरू देखिए?कोपनहेगनसूचीमा सबैभन्दा उच्च स्थानमा रहेको डेनमार्कको राजधानी वातावरण सुरक्षाका मापदण्डमा अब्बल देखिएको छ।उक्त मापनमा नवीकरणीय ऊर्जा, वायु गुणस्तर, फोहर व्यवस्थापन र सहरी क्षेत्रमा रहेको वन पर्छन्। ती पूर्वाधारका कारण महामारीसँग जुझ्न उक्त सहरलाई सहज भएको थियो र त्यहाँ सन् २०२१ को सेप्टेम्बरयता निषेधाज्ञाहरू पूर्ण रूपमा हटाइएको छ। महामारीको समयमा कोपनहेगनका पार्क र हरित क्षेत्र एवं जलमार्गहरू व्यापक लोकप्रिय भएको बताइन्छ।उक्त सहरले मानिसहरूलाई महामारीमा सहयोग पुगोस् भनेर कोरोना गाइड समेत तयार गरेको थियो र बाहिरी क्षेत्रमा मानिसहरूले दूरी कायम गरून् भन्नका लागि सङ्केत चिन्हहरू राखिएको थियो।सुरक्षित सहरसम्बन्धी इन्डेक्समा भ्रष्टाचारको नियन्त्रण र सहरको सुरक्षाबीच उच्च सम्बन्ध रहेको पाइएको थियो। विश्वमै सबैभन्दा कम भ्रष्टाचार रहेको डेनमार्कका नागरिकहरूलाई आफ्ना निकायहरू र एक अर्कालाई महामारीको अवधिभर भरोसा गर्नु कुनै आश्चर्यको विषय रहेन।   कोपनहेगनले एउटा वृहत् कोभिड परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ जसअनुसार पर्यटकसहित सबैले निःशुल्क परीक्षण गराउन सक्छन्। उक्त सहरले फोहोर पानीको परीक्षण गरेर महामारीबारे अनुगमन गर्ने प्रक्रिया पनि अघि बढाएको छ।टोरन्टो क्यानडाको दोस्रो ठूलो सहर टोरन्टो पूर्वाधार र वातावरण सुरक्षामा बलियो अङ्कहरू प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।त्यहाँका बासिन्दाले समावेशी संस्कृतिले समुदाय स्तरमा खोपको सचेतना र स्वीकारमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गर्ने गरेका छन्।सहरलाई सुरक्षित बनाउन टोरन्टोले कैयौँ समुदाय विशेषलक्षित खोप कार्यक्रमहरू अघि बढाएको थियो। स्थानीय समुदायले बहुसंस्कृतिको लामो इतिहासले पनि सहरलाई सुरक्षित बनाएको ठान्छन्।सन् १९९८ देखि त्यहाँ बसिरहेकी फिलिपे भेरनान्जा भन्छिन्, 'टोरन्टोमा क्यानडा बाहिर जन्मिएर बस्न आउनु सामान्य हो। मलाई लाग्छ कैयौँ जातीय र सांस्कृतिक समूहहरू एकआपसमा अन्तरक्रिया गर्छन् र एक्लै बस्दैनन्।'विभिन्न जाति र लैङ्गिक एवं धार्मिक समुदायका व्यक्तिहरूका लागि टोरन्टो 'खुला सहर' भएको उनले बताइन्।सिंगापुर डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र पूर्वाधार सुरक्षामा सिङ्गापुर तेस्रो स्थानमा छ।महामारीको प्रारम्भिक दिनमा डिजिटल निगरानी र कन्टयाक्ट ट्रेसिङको काम उसले द्रुत गतिमा अघि बढाएको थियो।उक्त देश आफ्नो उच्च खोप दरलाई लिएर पनि गर्व गर्छ। तर त्यहाँ अहिले पनि नयाँ प्रकारका कोरोनाभाइरस देखा पर्न सक्ने कुरालाई ध्यान दिएर कडा अनुगमन र कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएको छ।'कुनै भवनमा प्रवेश गर्नुअघि सबै बासिन्दाहरूले आफ्नो ट्रेसटुगेदर टोकन वा फोन एप सेफइन्ट्री चेक इन गर्नुपर्छ,' यात्रासम्बन्धी ब्लग चलाउने सिङ्गापुरका बासिन्दा साम ली भन्छन्।त्यसबाट अधिकारीहरूलाई सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान गर्न सहज हुने र सङ्क्रमण फैलन रोक्न क्वारन्टीन आदेश जारी गर्न सहज भएको उनको भनाइ छ।यात्रुहरूले सिङ्गापुर प्रवेश गर्नुअघि ट्रेसटुगेदर टोकन लिनुपर्ने या त्यो जडित भएको फोन भाडामा लिनुपर्ने हुन्छ।सार्वजनिक यातायातमा भिडभाड नहोस् भन्नका लागि घरबाटै काम गर्ने अभ्यासलाई बढी प्राथमिकतामा राखिएको छ।सपिङ मल र पर्यटकहरूमाझ लोकप्रिय क्षेत्रमा भीड र सामाजिक दुरी अनुगमन गर्ने व्यक्तिहरू खटाइएको छ र नियम मिच्ने व्यक्तिहरूलाई कडा जरिबानाको व्यवस्था छ। -बिबिसी

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

काभ्रे, १३ बैशाख । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ […]

धितोपत्र बोर्डद्वारा ब्रोकर हाउसमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन

वैशाख ८, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।  धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो  । सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न पनि भनेको छ ।  नेपाल सरकारले तोके बमोजिमको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी कार्यालयभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्नुपर्नेछ ।  साथै बोर्डले सभा सम्मेलन, गोष्ठी,सेमिनार,बैठक, तालीम प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म अनलाइन तथा भर्चुअल माध्यमबाट गर्न भनेको छ । सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गरी संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी परिचालन गर्ने र  सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न पनि बार्डले निर्देशन दिएको हो ।  कोभिड - १९ को संक्रमणबाट बच्न तथा बचाउन सरकारको निर्देशन र  यसअघि दिएका निर्देशनहरुको पनि पूर्ण पालना गर्न बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले नेप्से, ब्रोकर क्रेडिट रेटिङ संस्थालाई पनि यही निर्देशन दिएको छ ।

विद्यार्थीमा कोरोना संक्रमण देखिएसँगै इनरुवाका विद्यालय बन्द

वैशाख ५, सुनसरी । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरीको इनरुवामा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  समुदायस्तरमा पनि संक्रमण फैलिन थालेपछि इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । केही दिनअघि जिल्ला समन्वय समितिको बैठकले विद्यालयहरु बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहहरुलाई नै दिएको थियो ।  सोही अनुसार नगरपालिकाले संक्रमण थप फैलन नदिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यहरु पनि अर्काे सूचना जारी नभएसम्मको लागि आयोजना नगर्ने पनि निर्णय गरेको छ ।  सुनसरीका प्रजिअ उमेशकुमार ढकालले डिसिसिएमसी बैठकले नै विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई दिएकोले सोही अनुसार इनरुवाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  उनले भने, ‘आफ्नो क्षेत्रमा जोखिमको अवस्था हेरेर खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई नै दिइएको छ, त्यसै अनुसार इनरुवाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।’

शिक्षामा अनलाइन सिकाइको वर्ष

कोभिड–१९ संक्रमणका कारण २०७७ सालको ७ महिनासम्म सम्पूर्ण शैक्षिक गतिविधि अस्तव्यस्त बने । चैतयता लकडाउन भएसँगै भिडभाड हुने शैक्षिक क्षेत्र पूर्ण रुपमा बन्द रहँदा ८० लाखको हाराहारीमा विद्यार्थी प्रभावित बने । जसका कारण सरकारले अनलाइन शिक्षा प्रणालीको आवश्यकता तथा महत्वको बारेमा बुझ्ने अवसर पनि पायो ।यस वर्ष पनि यदि विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आयो भने […]

दसैंमा जुम्लाका शक्तिपिठमा निषेधाज्ञा

जुम्लामा दसैंको समयमा शक्तिपिठमा भिडभाड हुन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। कोभिड–१९ को संक्रमण जोखिम कम गर्न दसैंं, तिहार लगायतका चाडपर्वमा पालिका तथा वडाहरूमा रहेका सम्पूर्ण शक्तिपिठ, गुम्बा तथा मन्दिरहरूमा भिडभाड गरी पूजापाठ नगर्न निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपन्द्र थापाले जानकारी दिए।