हेटौंडा : बागमती प्रदेशसभाको दोस्रो कार्यकाल शुरु हुँदैछ। देश संघीयतामा गएपछि बनेको प्रदेशसभाले दोस्रो कार्यकाल शुरु हुन लागेको हो।०७२ सालमा जारी संविधानले देशमा संघीयताको व्यवस्था गरेपछि प्रदेश संरचना खडा भयो। ०७४ सालको निर्वाचनपछि प्रदेश संरचनाले मूर्त रुप लियो तर प्रदेश संरचनाले ५ वर्षे पहिलो कार्यकाल सक्दा नै यसको औचित्यमाथि प्रश्न उठिरहेको छ।प्रदेश संरचनाले राज्यलाई आर्थिक भार थप्ने काम मात्र गरिरहेको तर उपलब्धि भने खासै नभएको भन्दै यसलाई खारेज गर्नुपर्नेसम्मका आवाज उठ्न