एमालेको निरन्तर अवरोधका कारण अनिश्चित बन्दै आएको बागमती प्रदेशसभा बैठक पुनः फागुन २९ गतेका लागि आह्वान गरिएको छ । एमालेको अवरोधका कारण विगत ७० दिनदेखि बागमती प्रदेशसभा बैठक चल्न सकेको छैन ।गत पुस ७ गते बसेको प्रदेशसभाको ९ औं अधिवेशनको बैठकमा एमालेले विभिन्न माग राख्दै अवरोध गरेपछि त्यस यता बैठक बस्न सकेको छैन । प्रदेशसभा बैठक संचालनको लागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा सर्वदलीय बैठक बसेर फागुन १६ गतेका लागि बैठक आह्वान गरिएको भएपनि बैठक बस्न सकेन । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा ब