कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । काँग्रेससँग भएको नेतृत्व हस्तान्तरण गर्नेसम्बन्धी सहमतिअनुसार शाहीले सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा शाहीले आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामकारवाहीको प्रगति विवरण प्रदेशवासीलाई जानकारी गराएका थिए ।
तत्कालीन नेकपा विभाजित भएसँगै माओवादीका मुख्यमन्त्री शाहीलाई एमालेले समर्थन नगरेपछि काँग्रेसले सघाएको थियो । त्यतिबेला एमालेका ४ सांसद समेतको समर्थनमा विश्वासको मत पाएका शाहीले त्यतिबेला...