काठमाण्डाै - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहत दिने घोषणा गर्नु भएको छ ।
उहाँ राहत लिएर आज प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ । उहाँकाअनुसार आज प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकन पछि थप राहत वितरण गरिने उहाँले बताउनुभयो ।
गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि जलेर नष्ट भएका छ...