नयाँ आर्थिक वर्षका लागि बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट निर्माणमा जुटेको छ ।  बुधवार बजेट लेखन समिति नै बनाएर मन्त्रालयले बजेट लेखनको प्रक्रिया शुरू गरेको हो ।  मन्त्रालयले वरिष्ठतम् सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ जना सदस्य सम्मिलित बजेट लेखन समिति बनाएको हो। घिमिरेको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनीराम शर्मा र सुमन दाहाल सदस्य छन्। नयाँ बजेटका लागि सबै मन्त्रालय, निकाय र आयोगले तयारी अघि बढाइसकेका छन्। उनीहरूले प्रस्ताव गर्ने कार्यक्रम समेटेर अर्...

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी शुरू गरेको छ । चालू आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले बिहीवार अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजनासहित समय तालिका बनाएर अगाडि बढ्नसमेत सचिवहरूलाई निर्देशन दिए। “आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी थाल्नुस् । बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ”, सचिवहरूलाई निर्देशन दिँदै अर्थमन्त्री महतले भने । मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्यसचिव डा. वैकुण्ठ अर्यालले पनि बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका थिए । बैठकमा अर्थ मन्त्रालयका तर्फबाट चालू र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिउपर मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।

श्वेतपत्र र पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री

२२ पुस, काठमाडौं । आर्थिक वर्षको बीचमा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका उपप्रधानमन्त्री विष्णु पौडेलले यही बजेट कार्यान्वयन गर्लान् कि पूरक बजेट ल्याउलान् भन्ने प्रश्न छ । उनको दल नेकपा एमालेभित्र अर्थतन्त्रको अवस्था जानकारी गराउन तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवाज उठिरहेको छ । तर अर्थमन्त्री पौडेल भने श्वेतपत्र र पूरक बजेट तत्काल नल्याउने योजनामा छन् । […]

अर्थ मन्त्रालय जनार्दन शर्माको दोस्रो इनिङ

काठमाडौं । उच्च आयातका कारण उनी आफैँले ल्याएको गत आर्थिक वर्षको बजेट भन्दा बढी व्यापार घाटा, शोधनान्तरस्थिति अझैं असहज, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कायमै, बजारमा लगानी योग्य तरलता अभाव तथा निजी क्षेत्रको शंकाकाबीच विवादमा परेर राजीनामा दिएको २५ दिनपछि जनार्दन शर्माले पुन: अर्थमन्त्रायको कार्यभार सम्हालेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त […]

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा

२३ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् । यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार […]

बजेट निर्माणलाई तीव्रता दिदै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणलाई तीव्रता दिएको छ। १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यता...

बजेट निर्माणमा जुट्यो अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ ।१३ वैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहीबारबाट कार्यान्वयन सुरू गरिएको छ । बिहीबार बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो […]

आव २०७९/ ८० को बजेट निर्माणमा अर्थ मन्त्रालय, यस्तो छ कार्यतालिका

चैत २४, काठमाडौ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/ ८० बजेटका लागि विभिन्न निकायबाट सुझाव संकलन गरिहेको छ ।  आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल शुरु गर्ने पूर्वनिर्धारित योजना अनुरुप सुझाव संकलन  गर्न शुरु गरेको हो । हालैमात्र मन्त्रालयले मौखिक रुपमा  सुझाव संकलन गर्न टोलि  फ्रि नम्वरसमेत  सञ्चालनमा ल्याएको छ । आगामी बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु लिखित तथा मौखिक(टोलफ्रि) रुपमा  चैत मसान्तभित्र पठाइसक्न पनि सर्वसाधारणलाई मन्त्रालयले भनेको छ । मन्त्रालये  निर्धारित मितिमा बजेट ल्याउने उद्धेष्यले मन्त्रालयले कार्यतालिका तयार पारेको छ। कानूनत : अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ। जसअनुसार मन्त्रालयले आयरव्यय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको छ। त्यसैगरी जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने योजना बनाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार जेठ ८ गते व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिइने  कार्यतालिका रहेको छ। सोहि दिन बजेटलाई अन्तिम रुप दिइने छ।  यस्तै जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि छापाखानामा पठाइने छ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। र जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।

भएकै बजेट खर्चिएको छैन, थप ३ खर्ब माग

२५ फागुन, काठमाडौं । लक्ष्यअनुसार विकास बजेट खर्च हुन नसकेपछि अर्थ मन्त्रालय तनावमा छ । स्रोत सुनिश्चित भएका कार्यक्रमहरुमा खर्च नगरी बसेका मन्त्रालयहरु थप कार्यक्रमका लागि बजेट माग्दै दैनिक अर्थमन्त्रालय धाइरहेका छन् । चालु आर्थिक वर्षको बजेटमा समावेश नभएका  कार्यक्रममा मन्त्रालयले बजेट मागेका हुन् । चालु आर्थिक वर्ष साउन लागेयता विभिन्न मन्त्रालयले ३ खर्ब १ […]

आर्थिक वर्ष २०७९/८० मा शिक्षा बजेट बढाउने प्रधानमन्त्रीकाे आश्वासन

काठमाडौँ–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लागेका छन्  । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थालेको  हो । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट ह्वात्तै घटेपछि बजेट बढाउन उनको  सक्रियता बढेको हो । मन्त्री पौडेलले बिहीबार […]

पुँजीगत बजेट खर्च वृद्धि गर्ने अर्थका कुरा र व्यर्थका सुझाव

कैयौं वर्षदेखि नेपालमा पुँजीगत बजेट बृद्धि गर्नुपर्छ, चालू खर्च घटाउनु पर्छ भनिदै आएको छ। तर, हरेक वर्ष चालू बजेट बृद्धि हुन्छ, त्यस्को अनुपातमा पुँजीगत बजेट बृद्धि हुदैन।अर्थ मन्त्रालय छिर्ने हरेक नयाँ अर्थमन्त्री र अर्थसचिवले मेरो पालामा पुँजीगत बजेट खर्च बढाउछु भन्छन्, तर त्यो बढ्दैन।हरेक वर्ष आर्थिक विटका पत्रकारले पुँजीगत बजेट बृद्धि नभएको दुखमनाउ गरी समाचार बनाउछन्। त्यसपछि अर्थ मन्त्रालयले विनियोजित पुँजीगत बजेट पूरै खर्च गर्छु भन्यो भनी उत्साहपूर्ण समाचार प्रकाशित प्रसारित गर्छन। पुनः के