चैत २४, काठमाडौ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/ ८० बजेटका लागि विभिन्न निकायबाट सुझाव संकलन गरिहेको छ ।
आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल शुरु गर्ने पूर्वनिर्धारित योजना अनुरुप सुझाव संकलन गर्न शुरु गरेको हो । हालैमात्र मन्त्रालयले मौखिक रुपमा सुझाव संकलन गर्न टोलि फ्रि नम्वरसमेत सञ्चालनमा ल्याएको छ । आगामी बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु लिखित तथा मौखिक(टोलफ्रि) रुपमा चैत मसान्तभित्र पठाइसक्न पनि सर्वसाधारणलाई मन्त्रालयले भनेको छ ।
मन्त्रालये निर्धारित मितिमा बजेट ल्याउने उद्धेष्यले मन्त्रालयले कार्यतालिका तयार पारेको छ। कानूनत : अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ।
जसअनुसार मन्त्रालयले आयरव्यय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको छ। त्यसैगरी जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने योजना बनाएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार जेठ ८ गते व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिइने कार्यतालिका रहेको छ। सोहि दिन बजेटलाई अन्तिम रुप दिइने छ।
यस्तै जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि छापाखानामा पठाइने छ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। र जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।