काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा कडा प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे भन्दै यस्ताे याेजना ल्याइएकाे सरकारले बताएकाे छ ।
नयाँ याेजनाअनुसार १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि चुराेट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारकाे लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकाेटिनकाे स्तर कटाैती गर्नु हाे ।
न्युजिल्यान्डका एसाेसिएट स्वास्थ्यम...