न्युजील्यान्डमा नयाँ पुस्तालाई चुरोट बेच्न प्रतिबन्ध लगाइने, लत छुटाउन पहल

न्युजील्यान्डले नयाँ पुस्ताका मानिसलाई चुरोट बेच्न प्रतिबन्ध लगाउने भएको छ । देशमा धूम्रपान पूरै हटाउने पहलअन्तर्गत यो कदम चाल्न लागिएको हो ।  सन् २००८ पछि जन्मेका कसैलाई पनि चुरोट वा सूर्तिजन्य पदार्थ बेच्न बन्देज लगाइनेछ । सन् २०२२ मा यससम्बन्धी कानून लागू गरिने अपेक्षा छ । ‘युवाहरूले धूम्रपान शुरू नै नगरून् भनी हामी सुनिश्चित गराउन चाहन्छौं,’ स्वास्थ्यमन्त्री डा आयेशा भेरालले बताइन् ।  न्युजील्यान्डको स्वास्थ्य मन्त्रालयले यसबारेमा बिहीवार घोषणा गरेको हो ।  चिकित्सक तथा देशका अन्य स्वास्थ्यविद्हर...