काठमाडौं : छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म 'उचाइ' युनिट भारत फर्किएको छ। सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको फिल्म उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो। फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए। फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ। मित्रताको कथामा रहेको भनिएको फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका