पोखरा। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश मुख्यमन्त्रीमाथि ५ आरोप लगाएका छन्। विशेष अधिवेशनमा उनले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदमलाई साथ दिनु, प्रदेशसभामा सरकारले प्रतिगमनका पक्षमा प्रतिवाद गर्नु, सांसदले समर्थन फिर्ता गर्दासमेत विश्वासको मत नलिनु, राजीनामा नदिनु अधिवेशन अन्त्य गर्नु र बजेट खर्च गर्न नसकेको आरोप लगाए।