काठमाडौं । फ्रेंन्चाईज क्रिकेट नेपाल टि-२० लिगको सम्झौताको विवाद संसदमा प्रवेश गरेको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपालको आधिकारिक टि-२० क्रिकेट लिगको व्यवसायिक र रणनीतिक अधिकार दिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय विवादमा तानिएको हो । आइतबारको संसद बैठकमा नेकपा एमाले नेता गोकुल बाँस्कोटाले विवादित नेपाल टि-२० लिगको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो […]