आगामी आर्थिक वर्ष आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ सरकार केन्द्रित हुने भएको छ । सरकारले वार्षिक नीति तथा कार्यक्रममा उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जनामा केन्द्रित हुने योजना समेटेको छ ।बजेटको पूर्वसन्ध्यामा आएको नीति तथा कार्यक्रममा सरकारले आन्तरिक उत्पादन (औद्योगिक र कृषि) बढाउने र रोजगारी सिर्जना गर्नेतर्फ संकेत गरेको हो । नीति तथा कार्यक्रमले गरेको संकेतअनुसार आर्थिक वर्ष २०७९/८० को बजेट यिनै विषयमा केन्द्रित हुनेछन् ।औद्योगिक उत्पादनसरकारले आगामी वर्षदेखि दशकव्य