मुम्बई । अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि डेट गरिरहेका छन् । दुवैको उमेरमा करिब १२ वर्षको अन्तर छ । यस विषयमा मलाइकाले सामाजिक सञ्जालमा बारम्बार ट्रोलिङको सामना गर्नुपरिरहेको छ । मलाइकाले हालैको एक अन्तर्वार्तामा ट्रोलर्सलाई जवाफ दिएकी छिन् । भारतीय समाजमा महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग डेट गर्नु अपवित्र मानिएको उनले बताइन् […]