एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो पर्सनल लाइफका कारण पनि चर्चामा रहन्छिन् । लामो समयदेखि एकअर्कालाई डेट गर्दै आएका यो जोडी दुवैको उमेरको अन्तरलाई लिएर सामाजिक सञ्जालमा सधैँ प्रश्न उठ्ने गरेको भए पनि अर्जुन र मलाइका भने यस विषयमा मौन बस्छन् ।