१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो निर्वाचन क्षेत्रका जनताले स्वच्छ खानेपानी पिउन नपाएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘काठमाडौंका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ ।’ सांसद पराजुलीले अगाडि भने, ‘मेरो निर्वाचन क्षेत्र काठमाडौं […]
काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आलोपाले प्रधानमन्त्रीबारे मुख खोलेका छन् । माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्रीमा सहमति भएको चर्चा थियो । तर, ओलीले भने निरन्तर रुपमा आलोपालो सहमति नभएको भनेर खण्डन गरिरहेका छन् । उनले यसबारेमा फेशबुकमा लेखेका छन्- हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्दार भएकाले त्यो समस्या तुरुन्त समाधान गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘धारामा पानी […]
सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षातको समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य प्रसारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च सङ्कट हुने गरेको हो । अन्य समयमा समेत खानेपानीको हाहाकार
काठमाडौँ,२ असोज । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएका नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उहाँमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र सङ्र्घर्षका दिन सम्झँदै उनी भन्छन्, “छोराछोरी साना हुँदा डोकाले […]
जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उहाँमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र संघर्षका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, ‘छोराछोरी साना हुँदा डोकाले तोरेर […]
खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यकाकाे खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका छन्।...
बझाङ । बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाई पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए । उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने […]
काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ। मेलम्चीको पानी दुईमहिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ। त्यो अवधिमा उपत्यकाभित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक वितरण गर्न नसकिएको हो।रासस