उपत्यकामा अब दैनिक रुपमा धारामा पानी नआउने

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ। मेलम्चीको पानी दुईमहिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ। त्यो अवधिमा उपत्यकाभित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक वितरण गर्न नसकिएको हो।रासस

सम्बन्धित सामग्री

मेलम्चीकाे खानेपानी पाइएन, यी नम्बरमा सम्पर्क गर्नुस्

सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न समेत निर्देशन दिएको छ ।

सुन्दरीजलवासीले नै पाएनन् खानेपानी

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी पानी वितरण गर्ने सुन्दरीजलमा नै पानी नपाएर हैरान भएको छ । दशैँको महाअष्टमीदेखि नै धारामा पानी नआएर दुःख पाएको सुन्दरीजलका उपभोक्ताले गुनासो गरेका छन् । रमिलाका पुडासैनी भन्नुहुन्छ, ‘दशैँंको महाअष्टमी अघि नियमित जसो पानी आउने गरेको थियो । तर, अहिले भने आएको छैन ।’ २०२३ साल बनेको वाग्मतीको पानी प्रशोधन केन्द्रबाट वर्षाका समयमा दैनिक १५ करोड लिटरसम्म पानी सुन्दरीजलबाट काठमाण्डौका अन्य ठाउँमा वितरण हुने गरेको छ । तर, त्यहीँका स्थानीयवासीन्दाले पानी...

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती

सुर्खेत, १४ असोज । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षात्का समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य […]

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिरोको चुनौती

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षातको समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य प्रसारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च सङ्कट हुने गरेको हो । अन्य समयमा समेत खानेपानीको हाहाकार

काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाण्डौ उपत्यका   खानेपानी   लिमिटेड   (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो । गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो  । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर ...

काठमाडौँ उपत्यकामा अब दैनिक रुपमा धारामा पानी नआउने

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ ।

सुर्खेत उपत्यकामा खानेपानीको चरम संकट, ४८ घण्टाको फरकमा मात्र आउँछ धारामा पानी

सुर्खेत । गर्मी मौसम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको संकट चुलिएको छ । प्रयोगमा ल्याइएका पानीका मुहानको सतह घट्न थालेपछि उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो । झण्डै २ लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी रहेको छ । उक्त, जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्नका लागि क...

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुके सुन्दरीजलका धारा

काठमाडौं : मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ। सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी...