‘धारामा पानी आउँदा खुसीको सीमा छैन ’

काठमाडौँ,२ असोज । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएका नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उहाँमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र सङ्र्घर्षका दिन सम्झँदै उनी भन्छन्, “छोराछोरी साना हुँदा डोकाले […]

सम्बन्धित सामग्री

‘धारामा पानी आउँदा खुसीको सीमा छैन’

जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उहाँमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र संघर्षका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, ‘छोराछोरी साना हुँदा डोकाले तोरेर […]

‘धारामा पानी आउँदा खुशीको सीमा छैन ’

पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ।

चिसोले धारा जमेपछि हिल्साका सुरक्षाकर्मी कर्णालीको पानी पिउन बाध्य

सिमकोट – चीनसँगको सिमाना हिल्सामा रहँदै आएका सीमा सुरक्षा चौकीका (बिओपी) सुरक्षाकर्मी कर्णाली नदीमा जमेको बरफ छिचोलेर पानी खान बाध्य छन्। लगातारजसो हिमपात भइरहँदा धारामा बरफ जमेर पानी आउन छाडेपछि नदीको पानी पिउन सुरक्षाकर्मी बाध्य भएका हुन्। सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर चन्दले चिसो बढेपछि धारामा पानी दुई महिनादेखि आउन छाडेपछि नजिकैको […]

हुम्लामा धारामा हिउँ जम्यो

सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सानाको धारामा हिउँ जमेको छ । हिउँ जमेपछि सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा हिउँ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा हिउँ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिए । घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए । “कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ; र, पानीका धारामा हिउँ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ” उनले भने । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए ।