भक्तपुुरको योंसिखेलका स्थानीय किसानहरूलाई अहिले धान भित्र्याउन चटारो छ । दसैँ सुरु भएसँगै किसाले खेतबाट धान काटेर ल्याउने गर्छन् । केही दिन घाममा सुुकाएपछि उनीहरू धान भित्र्याउन लागिपरेका हुन् । विशेषगरी धानबाली भित्र्याउने समयको रूपमा असोज र कात्तिक महिनालाई चिनिन्छ । असारमा लगाएको धान यतिबेला भित्र्याएर किसानले फेरि अर्को बाली लगाउन सुरु गर्छन् ।