काठमाडौं, असार १५ । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो छ। सोमबार रातिदेखि बढेको पानीको वहाव मंगलबार साँझ ६.३० बजेको मापन अनुसार एक लाख २८ हजार २२५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये १८ वटा खुल्ला गरिएको छ। आवश्यकता अनुसार थप ढोका खुल्ला गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी […]
पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ ।यसैबीच सप्तको
सप्तकोशी नदीमा आइतबार यो वर्षकै सबैभन्दा धेरै पानी बगेको छ । केही दिनयताको निरन्तरको वर्षाले नदीको बहाव आइतबार वर्षकै उच्च विन्दुमा पुगेको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार दिउँसोदेखि सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटै ढोका खोलिएका छन् ।
नेपाल कै सबैभन्दा ठूलो नदी सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सप्तकोशी नदीमा शनिबार विहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । सप्तकोशी नदीमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।
जनकपुरधाम : सप्तकोशी नदीमा पानीको बहाव क्रमश बढ्दै गएपछि ५६ मध्ये ४४ ढोका खोलिएको छ। अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाव यो वर्षकै सबभन्दा उच्च रहेको छ।
कोशी ब्यारेज कन्ट्रोल रुमकाअनुसार ३ लाख २७ हजार क्यूके पानीको बहाव मापन गरिएको छ। पानीको बहाव बढेसँगै आसपासका क्षेत्रहरुमा उच्च