जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्।...

सम्बन्धित सामग्री

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

काठमाडौं । आकाशमा कालो बादल मडारिरहेको छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक सहायक राजमार्ग (साँखु–फटकेश्वर–बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । ‘पानी परे पिच बिग्रन्छ,’ सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, ‘यही बर्खामा काम नसके ठेकेदारको हिसाब बिग्रन्छ ।’ शंखरारपुरको जस्तै कथा […]

मध्यपहाडी लोकमार्ग कालोपत्रेको तयारी (फोटो फिचर)

मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । लोकमार्ग ठेकेदार कम्पनीले जिरो किलो मिटर उपल्लाचौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज दुई गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको हो । कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सवबेसको काम सकिएको छ । उक्त खण्ड यस बर्षको बर्खा सुरु हुनु अघि नै कालोपत्रे गर्ने तयार भए पनि छिटो मनसुन सक्रिय हुँदा काम प्रभावित भएको थियो । बर्खाको समयमा ग्याविनवाल, नाली निर्माण, पहरो कटान, सडक चौडा तथा बढी हिलो र पहिरो खसेको क्षेत्रमा सवारी सञ्चालन हुन सक्ने गरी सडक मर्मतको काम गरेको उपल्लाचौर–अक्षते खण्डको निर्माण कम्पनी भारत/सिद्धिसाई जेभीका प्रोजेक्ट म्यानेजर  शिव लामिछानेले जानकारी दिनुभयो । भारत/सिद्धिसाई जेभीले उपल्लाचौरदेखि अक्षतेसम्मको १३ किलो मिटर सडक कालोपत्रेको जिम्मेवारी लिएको छ । ‘दशै अघि साढे तीन किलो मिटर सडक कालोपत्रे छौँ’ लामिछानेले भन्नुभयो–‘बाँकी खण्ड दशै पछि कालोपत्रे गर्ने गरी काम भएको छ ।

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

कैलाली । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले वर्षेनि सयौं बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरू भएपछि यस क्षेत्रका बासिन्दा नदी कटान तथा डुबानको चिन्तामा हुन्छन् । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि जमीन कटान तीव्र हुँदा बस्ती नै जोखिममा पर्ने गर्दछ । कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले वर्षेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । ‘सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ,’ वन समितिका अध्यक्ष धनसिंह साउदले भने, ‘जंगल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरू भएको ६ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन ।’ अध्यक्ष साउद वर्षेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउँछन् । ‘तटबन्ध निर्माण कार्यमा दैनिक पाँच÷छ जनामात्र कामदार काममा खटेका छन्,’ उनले भने, ‘काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन् कटान बढाएको छ । जंगलको एउटा प्लट पूरै कटान भइसकेको छ ।’ तटबन्ध निर्माणका नाममा भइरहेको ढुंगा उत्खननले नदी कटान तीव्र पार्दा झन् जोखिम बढेको आरोप उनले लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलंका, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउँछन् । ‘श्रीलंका बस्ती वर्षेनि दर्जनौं बिघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ,’ वडाध्यक्ष ठकुल्लाले भने, ‘यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरू भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरू हुन सकेको छैन । यस वर्ष वर्षात्मा थप जोखिम बढ्ने देखिएको छ ।’      कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध ठेकेदार कम्पनीले समयमै सम्पन्न नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ । सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो । रासस

सडक आवतजावतमा समस्या

बर्खा सुरु भएसँगै मार्तडी–कोल्टी सडक अवरुद्ध हुन थालेको छ । एक वर्ष पहिला कालोपत्रे हुनुपर्ने यो सडक निर्माणकार्यमा ठेकेदार कम्पनीले ढिलाइ गरेसँगै बर्खाको समयमा सडक अवरुद्ध हुने गरेको हो । २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडाैँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माणको जिम्मा लिएको हो ।