मध्यपहाडी लोकमार्ग कालोपत्रेको तयारी (फोटो फिचर)

मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । लोकमार्ग ठेकेदार कम्पनीले जिरो किलो मिटर उपल्लाचौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज दुई गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको हो । कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सवबेसको काम सकिएको छ । उक्त खण्ड यस बर्षको बर्खा सुरु हुनु अघि नै कालोपत्रे गर्ने तयार भए पनि छिटो मनसुन सक्रिय हुँदा काम प्रभावित भएको थियो । बर्खाको समयमा ग्याविनवाल, नाली निर्माण, पहरो कटान, सडक चौडा तथा बढी हिलो र पहिरो खसेको क्षेत्रमा सवारी सञ्चालन हुन सक्ने गरी सडक मर्मतको काम गरेको उपल्लाचौर–अक्षते खण्डको निर्माण कम्पनी भारत/सिद्धिसाई जेभीका प्रोजेक्ट म्यानेजर  शिव लामिछानेले जानकारी दिनुभयो । भारत/सिद्धिसाई जेभीले उपल्लाचौरदेखि अक्षतेसम्मको १३ किलो मिटर सडक कालोपत्रेको जिम्मेवारी लिएको छ । ‘दशै अघि साढे तीन किलो मिटर सडक कालोपत्रे छौँ’ लामिछानेले भन्नुभयो–‘बाँकी खण्ड दशै पछि कालोपत्रे गर्ने गरी काम भएको छ ।