स्थायी लेखा नम्बर लिने करदाता ४० लाखभन्दा बढी

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख ३ हजार ५१३ पुगेको छ।यस अवधिमा दर्ता भएका करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ८० हजार ६५१ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने २४ लाख १४ हजार १२ जना रहेका छन्।करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ८ हजार ८५० पुगेको छ।

सम्बन्धित सामग्री

५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ । विभागअन्तर्गत एउटा ठूला करदाता …

विवरण नबुझाउने करदाता कारवाहीमा

स्याङ्जा । स्थायी लेखा नम्बर लिएका करदाताले समयमै आय विवरण पेस नगरेका सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरिएको छ । करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाले लामो समयदेखि मूल्य अभिवृद्धि करको विवरण नबुझाएको देखिएकाले सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको हो । ८-९ महिनादेखिका केही करदता र पछिल्लो समय चार महिनादेखिका करदाताले आय विवरण नबुझाएको तथ्यांक […] The post विवरण नबुझाउने करदाता कारवाहीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँच महिनामा लिए तीन लाख चार हजारभन्दा बढीले पान नम्बर

काठमाडौं, १६ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)मा थप ३ लाख ४ हजार ७७९ जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ५४२ जनाले स्थायी लेखा नम्बर लिएका थिए। यसैगरी पछिल्लो पाँच महिनामा १० हजार ५०५ जना करदाता मुल्य अभिवृद्धि करमा दर्ता भएका छन्।

करदातालाई कर बुझाउन आग्रह

स्थायी लेखा नम्बर लिएका  करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध गरिएको हो ।रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्कसमेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मङ्गलबार कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुप्स

तीन महिनामा थपिए २ लाख १० हजार करदाता

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) मा स्थानीय लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या […]

तीन महिनामा थपिए २ लाख १० हजार करदाता

२५ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज)मा स्थानीय लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको […]

एक वर्षमा थपिए ८ लाख बढी करदाता

२७ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ८ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ८ लाख ४ हजार ४१५ ले थप भएको हो । अर्थ मन्त्रालयका अनुसार २०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख […]

४० लाख पुगे करदाता, डाक्टर र इञ्जिनियरले नै तिर्दैनन् कर

करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।आव २०७६÷७७ को तुलनामा चालु आव २०७७&divid

४४ लाख ८८ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौं (अस) । चालू आर्थिक वर्षको ६ महीनामा स्थायी लेखा नम्बर लिने करदाता संख्या ४४ लाख ८८ हजार नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार पुस मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४४ लाख ८८ हजार २ सय ६५ पुगेको हो । यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १७ लाख २२ हजार ४६३ अर्थात् ३८ दशमलव ३ प्रतिशत, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २७ लाख ५१ हजार ९ सय ९० (६१ दशमलव ३ प्रतिशत) र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १३ हजार ८१२ (शून्य दशमलव ३ प्रतिशत) पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ९ हजार ३९ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९०८ पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७ दशमलव २४ प्रतिशतले बढेको छ ।

स्थानीयस्तरमै स्थायी लेखा नम्बर

रसुवा । सबै प्रकारका व्यवसायीलाई करको दायरामा ल्याई राजस्व असुली सहज पार्ने उद्देश्यले स्थानीयस्तरमै स्थायी लेखा नम्बर वितरण शुरू गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुमार्फत रसुवाका गाउँहरूमै स्थायी लेखा नम्बर वितरण शुरू गरिएको हो ।       उक्त कार्यालयका प्रमुख गोपाल कोइरालाको नेतृत्वमा खटिएका कर अधिकृतहरूले करको महŒवबारे जागरण गराउँदै स्थायी लेखा लेखा नम्बर वितरण शुरू गरेका हुन् । दक्षिणी रसुवाको कालिका गाउँपालिकामा राखिएको घुम्ती शिविरबाट १०० भन्दा बढी व्यवसायीलाई स्थायी लेखा नम्बर जारी गरिसकिएको र गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चे एवं आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतबाट समेत वितरण गर्न कर अधिकृत परिचालन भइरहेको प्रमुख कोइरालाले जानकारी दिए । स्थानीयस्तरमा खटिएका टोलीद्वारा स्थायी लेखा नम्बर प्राप्त गरिसकेका करदातालाई आफूले गरेका कारोबारको विवरण खाता स्पष्टरूपले राख्न र निर्धारित समयमै कर तिर्नसमेत आग्रह गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा स्थानीयस्तरमा प्रत्येक वर्ष कर जागरण अभियान सञ्चालन एवं स्थानीयस्तरमै स्थायी लेखा नम्बर प्रदान गर्ने प्रावधानले साना व्यवसायीलाई ठूलो राहत मिलेको उद्योग वाणिज्य संघ रसुवाले बताएको छ । स्थायी लेखा नम्बर लिन अत्यन्तै कमी भएको रसुवामा कर जागरण अभियानले पछिल्लो समय करदाता उत्साहपूर्वक तवरले सहभागी हुल थालेका छन् । नेपाल–चीनबीचको कारोबार गर्ने रसुवागढीनाका, पवित्र धार्मिकस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङ्टाङ, विद्युत् उत्पादनका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको क्षेत्र भएका कारण बढ्दो क्रममा रहेको सबै व्यावसायिक क्षेत्रलाई करको दायरामा ल्याउन प्रयासरत रहेको बताइएको छ । रासस