१८ वर्ष नपुगी नेकपा समाजवादी पार्टीको साधारण सदस्य बन्न नपाइने

१८ वर्ष पुरा नगरी नेकपा (एकीकृत समाजवादी) पार्टीको साधारण सदस्य बन्न नपाइने भएको छ । सो पार्टीले तयार गरेको अन्तरिम विधानमा १८ वर्ष पुरा भएका नेपाली नागरिकमात्रै साधारण सदस्य बन्न पाउने उल्लेख गरिएको छ । यस्तै भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएकालाई साधारण सदस्य बनाइने कुरा विधानमा उल्लेख गरिएको छ । यसैगरी सरकारी कर्मचारीलाई पनि सदस्य बनाउने नीति नयाँ पार्टीले लिएको छ ...