राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दा छाडेको बताएका हुन् । अध्यक्ष थापाले सो मुद्दा उठाउँदा हिन्दु राष्ट्रको नारा समेत ओझेलमा पर्न लागेको बताए । उनले पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने समेत बताए ।‘देश र जनताको भावनाको सम्मान ग