वर्सेनि करीब ७०० घर डुबानमा पार्ने हेटौंडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा एक करोड २५ लाख रुपैयाँको लागतमा बाँध निर्माण कार्य सुरु भएको छ । बाढी–पहिरोबाट वर्षैपिच्छे हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागेको हो ।