सुनकोशीमा बाँध निर्माण तीव्र

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभयो ।

सम्बन्धित सामग्री

सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रता

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।

तनहुँ जलविद्युत्‌को मुख्य बाँध निर्माण थालिँदै

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण अगाडि बढाइएको छ । १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि नदी फर्काउने काम सकिएको छ । तीन प्याकेजमा विभाजन गरी आयोजना निर्माण तीव्र पारिएको छ ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पाँच वर्षको प्रगति ४६ प्रतिशत

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत प्रगति भएको जनाएको छ । तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए। उनका अनुसार प्याकेज एकमा २५, प्याकेज दुईमा ४७ र प्याकेज तीनमा ६९ प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाले विसं २०७५ देखि काम शुरू गरेको थियो । शिल्पकारले भने, 'तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।' आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनको भनाइ थियो । आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण सोमबारदेखि शुरू गरिएको शिल्पकारले जानकारी दिए । 'त्यसका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो शुरूङ निर्माण गरी फर्काइएको छ', उनले भने । डाइभर्सन शुरूङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको आयोजना प्रमुख शिल्पकारले बताए। 'बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण शुरू भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । सेती नदी अब सोही डाइभर्सन टनेलभएर बग्नेछ', उनले भने । मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन शुरू हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताए। उनले भने, 'नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब शुरू हुन्छ ।' आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र) लि नेपाल जेभीसँगको ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन शुरूङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । आयोजनाको शुरूङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य शुरू गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस शुरूङ निर्माण सम्पन्न भएको छ मुख्य शुरूङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमवल सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । रासस

तनहुँ जलविद्युत्को प्रसारण लाइन विस्तार तीव्र

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तारको काम तीव्ररूपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनका लागि निर्माणाधीन उक्त आयोजनाले २० ओटा टावर निर्माण गरिसकेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ ओटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो । आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ता कर्पाेरेशन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपाल जेभीले गरिरहेको छ, जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण भइरहेको उनले बताए । सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत्गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । १ हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने काम भइरहेको छ । उनले भने, ‘अहिलेसम्म करीब ३०० मिटर मुख्य सुरुङ खनिएको छ ।’ केईसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको १५ करोड डलर रहेको छ । यसैगरी जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन विस्तार कार्य तीव्र

चैत १४, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० ओटा टावर निर्माण गरिसकेको छ ।  दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ ओटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो ।  आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।   आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए ।  सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । उनले भने, ‘अहिलेसम्म करीब ३०० मिटर मुख्य सुरुङ खनिएको छ ।’ केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।  कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी रू. ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको रू. १५ करोड रहेको छ ।  जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाले रू. १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रू. आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रू. आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण गरिँदै । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको बाँध, विद्युत्गृह र सुरुङ निर्माण तीव्र रुपमा अघि बढेको छ ।-तस्बिर-सन्तोष गौतम-रासस

पाँच आयोजनाबाट तीन हजार मेगावाटभन्दा बढी विद्युत्

विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीबाट मात्रै ठूला पाँचवटा विद्युत् आयोजना निर्माण हुने र त्यसबाट तीन हजार २५३ मेगावाटको विद्युत् उत्पादन हुने देखिएको हो । पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको भौतिक निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । मकालु गाउँपालिकाको नुम र हेदाङ्गनाबीच बाँध निर्माण र चिचिला गाउँपालिकाको दिदिङ र मकालुकै याफु गाउँबीच पावरहाउस रहेको यो परियोजना प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डमार्फत भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई जिम्मा दिइएको छ । खाँदबारी नगरपालिकाको हेलुवाबेँसी, चेवाबेँसी र चन्दनपुर क्षेत्रभित्र निर्माण हुने लोअर अरुण विद्युत् परियोजना ४७० मेगावाट पनि यही भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई नेपाल सरकारले केही महिना पहिले लगानी बोर्डमार्फत नै जिम्मा दिने निर्णय गरिसकेको भए पनि परियोजना सञ्चालन गर्न बोर्ड र प्रवद्र्धक विद्युत् विकास कम्पनीबीच औपचारिक सम्झौता हुन बाँकी छ । विद्युत् विकास विभागले आयोजना पहिचान र सर्वेक्षण गरिसकेका आयोजनाहरूमध्ये अपर अरुण एक हजार ६१ मेगावाट र किमाथाङ्का अरुण ४५० मेगावाट नेपाल विद्युत् प्राधिकरण मातहत दुईवटा कम्पनीलाई सर्वेक्षण इजाजत जारी भएको छ । भोटखोला गाउँपालिकाको चेपुवा, रुकमा र नामुछि गाउँमा निर्माण हु

मेलम्ची बाँध निर्माण अन्तिम चरणमा, सुरुङ्ग निरीक्षण गर्न टोली आउँदै

मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । गेटहरुको काम यही माघ महिना सम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिदैँ उहाँले चाँडै सिधिने बताउनुभयो । केही समय अगाडि नै अस्थायी बाँध बनि सकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उहाँले बताउनुभयो । बाँध निर्माणको काम अन्तिम चरण पुगेको बताउदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।