काठमाडौं : पूर्व-प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणबाट निको भएका छन्।संक्रमण भएपछि खनाल १८ वैशाखदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार आइतबार गरिएको परीक्षणमा खनालको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको हो। अहिले खनालको स्वास्थ्यमा सुधार देखिएको र अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसदबाट विश्वासको मत लिँदै छन्। संक्रमण भएका सांसदहरूलाई पनि मतदानको छुट्टै व्यव