बाँके : कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप तीनजनाको मृत्यु भएको छ।बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका–५ दाङका ६५ वर्षीय पुरुष, राजापुर गाउँपालिका– ५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२७ जना र जिल्लाकै ३०५ जना संक्रमितको मृत्यु भइसकेको छ।