चुनाव प्रचार प्रसारको अन्तिम दिन : प्रमुख दलका शीर्ष नेता गृहजिल्ला केन्द्रीत

स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन । अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोज