हरियो सागको कुरा गर्दा पालुंगोको उल्लेख भइहाल्छ । यो त रामवाण नै हो भन्दा हुन्छ । पालुंगो नियमित रूपमा खाने मानिसले कहिले पनि अस्पताल जानुपर्दैन ।
पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् ।
यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ ।
पालुंगोले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् ।
छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो न...